कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला भारतले १९ दिनका लागि लकडाउनको समय थप गरेको छ।
तीन साता लामो लकडाउन सकिनै लाग्दा मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन थप गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री मोदीले कोरोनासँग भारतले लडाई गरिरहेको भन्दै लकडाउनमा जनताले साथ दिएकोमा धन्यबाट दिए। कोरोनाका कारण खान र हिडडुल गर्न समस्या भएको उनको भनाई थियो। अनकुशासित सिपाहीले जसरी कर्तव्य निर्बाह गरेकोमा जनताको उनले प्रशंसा गरेका छन्।
समस्या देखिनासाथ रोक्नका लागि भारतले हरसंभब प्रयास गरेको मोदीको भनाई थियो।
भारतमा हालसम्म १० हजार ४५३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। यीमध्ये ३ सय ५८ जनाको ज्यान गएको छ।