कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि फ्रान्सले एक महिनाका लागि लकडाउन थप गरेको छ। राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप मे महिनाको ११ तारिखसम्मका लागि लकडाउनको समय अवधि थप गरेका हुन्।
फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब १५ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएका छन्।
टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकारेका छन्। उनले भने, ‘अन्य देशहरुमा जस्तै हामीसँग पनि अत्याबश्यक स्वास्थ्य सामग्रीको अभाव थियो। धेरै ठाउँका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ ।
उनले फ्रान्सको सिमाना गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी समेत दिएका छन्।