कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ भने संक्रमितको संख्या १९ लाख पुगेको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ। जहाँ ५लाख ८६ हजार संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्।
त्यस्तै, इटालीमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ५८३ जनाको ज्यान गएको छ। इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार पुगेको छ।
स्पेनमा १७ हजार ७५६ ले ज्यान गुमाएका छन्। बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार ३२९ जनाको मृत्यु भएको छ। जहाँ पछिल्लो २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन्।
विश्वभर ४ लाख ४४ हजार भने कोरोना भाइरस संक्रमण निको भएर घर फर्किसकेका छन्।