कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला भारतमा लकडाउन लम्ब्याउने तयारी भइरहेको छ।
तीन साता लामो लामो लकडाउन सकिनै लाग्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री मोदीले मंगलबार बिहान स्थानीय समयअनुसार १० बजे देशबारीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको मोदीले ट्वीटमार्फत जानकारी गराएका छन्। मोदीको सम्बोधन अघि नै भारतका केही राज्यले भने लकडाउन लम्ब्याइसकेका छन्।
भारतमा हालसम्म ९ हजार २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। यीमध्ये ३ सय ३१ जनाको ज्यान गएको छ।