कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन डिस्चार्ज भएका छन् । ५५ वर्षीय जोन्सनलाई कोभिड–१९ को संक्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना गरिएको थियो।
डिस्चार्जकाे क्रममा प्रधानमन्त्री बाेरिसले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीकाे साहसकाे प्रशंसा गर्दै आफ्नाे जीवन बचाएकाेमा धन्यवाद् दिए ।
अस्पताल बसाईका क्रममा उनको स्वास्थ्य बिग्रिएपछि ३ दिन सघन उपचार कक्षमा राखेर अक्सिजन दिइएको थियो। चिकित्सकहरुले उनलाई केहीदिन आराम गर्न सल्लाह दिएका छन्।