विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ६८८ पुगेको छ। शुक्रबारमात्रै ७ हजार जनाको मृत्यु भएको छ।
पछिल्लो साता लगातार अमेरिकामा हरेक दिन २ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म १८ हजार ७०२ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५ लाख नाघेको छ।
भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४७ हजार पुगेको छ। इटालीमा पछिल्लो समय मृतक र संक्रमितको संख्यामा केही कमी आएको छ।
त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १६ हजार ८१ पुगेको छ। जहाँ १ लाख ५८ हजार २७३ संक्रमित भेटिएका छन्। फ्रान्समा १३ हजार १९८ जनाको मृत्यु भएको छ। जहाँ संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ।
यसैगरी, बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार नजिक पुगेको छ। पछिल्ला् २४ घण्टमा ९८० जनाको मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमितको संख्या १७ लाख पुगेको छ। यो संख्या पछिल्लो २४ घण्टामा मात्रै १ लाख बढेको हो।