बिश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार नजिक पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै ७ हजार ३४१ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै १९४२ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या १२ हजार ८१३ पुगेको छ।
पछिल्लो २४ घण्टमा दोस्रो धेरै मृत्यु हुने मुलुक फ्रान्स हुन पुगेको छ। जहाँ १ हजार ४१७ जनाले ज्यान गुमाएका छन्। यो सँगै फ्रान्समा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या १० हजार ३२८ पुगेको छ। संक्रमितको संख्या १ लाख नाघिसकेको छ।
इटालीमा मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ जनाको मृत्यु भएको छ। इरानमा ३ हजार ८७२, जर्मनीमा २ हजार १६ जनाले ज्यान गुमाइसकेका छन्।
संक्रमितको संख्या १४ लाख २६ हजार पुगेको छ। यो संख्याको झण्डै एक तिहाई अर्थात् ४ लाख अमेरिकामा छन्।