कोरोना भाइरसबाट अमेरिकामा सोमबार १ हजारभन्दा बढीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ।
सोमबार १ हजार १ हजार २४३ जनाको मृत्यु भएको छ। पछिल्ला केही दिनदेखि अमेरिकामा दिनहुँ १ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।
अमेरिकामा ३ लाख ६६ हजार संक्रमित भेटिएका छन्। जहाँ पछिल्लो २४ घण्टामा मात्रै ३० हजार संक्रमित थपिएका छन्। जबकि निको भएर फर्कनेहरुको संख्या भने ज्यादै न्यून छ। हालसम्म निको भएर फर्कनेको संख्या जम्मा १९ हजार छ।
अमेरिकाको न्यूयोर्क शहर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभाबित भएको छ।
शनिबार ह्वाइट हाउसमा आयोजित कोरोना भाइरस टाक्स फोर्सको बैठकमा आउने दुई साता कोरोना भाइरस महामारीको सबैभन्दा कठिन समय हुने बताएका थिए।