विश्वका २०८ वटा देशमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ।
कोरोना भाइरसबाट संक्रमितको संख्या १२ लाख ७२ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १६५ जनाको ज्यान गइसकेको छ। यो सँगै कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ। इटालीमा १५ हजार ८८७ जनाको मृत्यु भएको छ।
स्पेनमा १२ हजार ६४१ जनाको ज्यान गएको छ। फ्रान्स र बेलायत पनि पछिल्लो समय कोरोना भाइरसबाट आक्रान्त भएको छ। फ्रान्समा ८ हजार र बेलायतमा ५ हजार जनाको मृत्यु भइसकेको छ।