कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका छन् ।
१० दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यति दिन बित्दा पनि लक्षण देखिएपछि पुनः परीक्षणका लागि प्रधानमन्त्री जोन्सनलाई आइतबार बेलुका लण्डन अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ।
ज्वरोसँगै कोरोना भाइरसका अरु लक्षण पनि लगातार देखिएपछि डाक्टरहरुको सल्लाहमा जोन्सनलाई अस्पताल भर्ना गरिएको हो।