कोरोना भाइरसबाट बिश्वभर एकैदिन ६ हजार जनाको ज्यान गएपछि कूल मृत्यु हुनेको संख्या ६० हजार पुगेको छ भने संक्रमितको संख्या ११ लाख पुगेको छ।
शनिबार बिहानसम्म ५ हजार ९७३ जनाको मृत्यु भएको छ। शुक्रबार एकैदिन सबैभन्दा धेरै अमेरिकामा १ हजार ३२१ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ३९२ पुगेको छ। यहाँ २ लाख ७७ हजार १६७ कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
इटालीमा हालसम्म सबैभन्दा धेरै १४ हजार ६८१ जनाले ज्यान गुमाका छन्। जहाँ शुक्रबार मात्रै ७६६ जनाको मृत्यु भएको छ। इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित भेटिएका छन्।
स्पेनमा शुक्रबार ८५० जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ११ हजार १९८ पुगेको छ। जहाँ संक्रमितको १ लाख १९ हजार १९९ जना संक्रमित भेटिएका छन्।
फ्रान्समा शुक्रबार १ हजार १२० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनको संख्या ६ हजार ५०७ पुगेको छ। यहाँ संक्रमितको संख्या ६४ हजार ३३८ पुगेको छ।
बेलायतमा हालसम्म कोरोना भाइरसबाट ३ हजार ६०५ जनाको मृत्यु भएको छ। जहाँ शुक्रबार मात्रै ६८४ जनाले ज्यान गुमाएका छन्। बेलायतमा संक्रमितको संख्या ३८ हजार १६८ पुगेको छ।
इरानमा मृत्यु हुनको संख्या ३ हजार २९४ पुगेको छ।