कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३५५ जनाको मृत्यु भएको छ।
एकै दिनमा एउटा देशमा यति धेरै संख्यामा मृत्यु भएको यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि यो सँगै फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ।
पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार ११६ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा फ्रान्सपछि सबैभन्दा धेरै अमेरिकामा ९६८ को मृयु भएको छ भने इटालीमा ९६१ जनाको मृत्यु भएको छ।