चीनबाट फैलिएको कोरोना भाइरसले खासगरी युरोपमा मानवीय क्षति हुने क्रम झनै बढेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ३३४ सहित बुधबार बिहानसम्म बिश्वभर ४२ हजार १०७ जनाको ज्यान गएको छ।
सबैभन्दा बढी इटालीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ। जहाँ पछिल्लो २४ घण्टामा ८३७ जनाले ज्यान गुमाउनु परेको छ। इटालीमा १ लाख ५ हजार ७९२ वटा कोरोना संक्रमित भेटिएका छन्।
स्पेनमा ८ हजार ४६४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७४८ जनाको ज्यान गएको छ। जहाँ ९५ हजार ९२३ संक्रमित भेटिएका छन्।
फ्रान्समा पछिल्लो २४ घण्टामा ४९९ जनासहित ३ हजार ५२३ जनाको मृत्यु भएको छ। यहाँ ५२ हजार १२८ संक्रमित रहेका छन्।
इरानामा २ हजार ८९८ जनाले ज्यान गुमाइसकेका छन्। जहाँ संक्रमितको संख्या ४४ हजार ६०५ रहेको छ। बेलायतमा पछिल्लो २४ घण्टामा ३८१ सहित हालसम्म १ हजार ७८९ जनाको मृत्यु भइसकेको छ। यहाँ २५ हजार १५० संक्रमित रहेका छन्।
तीब्राट अमेरिकामा मृत्यु हुनेको दर पछिल्लो समय बढेको छ। सोमबारसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १५६ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ।
नेरल्याण्डमा १ हजार ३९, जर्मनीमा ७७५, बेल्जियममा ७९५, स्वीजरल्याण्डमा ४३३जनाको मृत्यु भएको छ।