कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको दर पछिल्लो समय बढेको छ। सोमबारसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १५६ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ।
चीन, इटाली र दक्षिण कोरियामा कोरोना भाइरसले जसरी मानवीय क्षति पुगेको छ, पछिल्लो समय अमेरिकामा त्यहि गतिमा मानवीय क्षति भएको देखिएको छ।
यसैगरी, अमेरिकामा संक्रमितहरुको संख्या १ लाख ६३ हजार ८४४ पुगेको छ।