कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्। आइतबार मात्रै ७ सय ९३ जनाको मृत्यु भएको थियो ।आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ।
फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।
कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।