चीनमा कोरोनाका कारण शनिबार मात्रै थप ७९३ जनाको ज्यान गएको छ। शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको थियो।
योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ। इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो।
मृत्युदरसँगै यहाँ संक्रमण दर पनि बढेको छ। पछिल्लो २४ घण्टामा यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ।
स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपाय अघि सारेको छ। नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ।