कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ ।
अमेरिकामा अहिलेसम्म झण्डै ६ हजारजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १०५ जनाको मृत्यु भएको छ ।
अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्द गरेको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि अमेरिकी सैनिक पनि तयारी अवस्थामा रहेको जनाइएको छ । विश्वभर अहिलेसम्म झण्डै दुई लाखजनामा कोरोनाको संक्रमण भएको छ । त्यसमध्ये झण्डै ८ हजार जनाको मृत्यु भएको छ ।