भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । झण्डै सय जना घाइते भएका छन् ।
हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् ।
नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यसअघि पनि प्रदर्शन हुँदै अाएपनि आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएकाे हो ।