हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।आउँदो शनिबारदेखि यो निर्णय लागू हुने बीबीसीले जनाएको छ ।
चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको र २१ जनामा सङ्क्रमण देखिएकाले अब चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको हङकङले जनाएको हो ।
चीनमा बुधबारमात्रै कोरोना सङ्क्रमित ७० जनाको ज्यान गएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २५ देशका १ सय ९१ जनामा फैलिसकेको छ । अहिलेसम्म चीनबाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ ।