हङकङमा पहिलो पटक कोरोना भाइरस संक्रमित एक व्यक्तिकाे मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण बिरामी भएका ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।
मृतक ती पुरुषलाई संक्रमण भएको भन्दै १३ औं नम्बरमा राखेर उपचार थालिएको थियो ।पछिल्लो समयमा हङकङमा पनि संक्रमण बढ्दो छ ।