पूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १८ जनाले ज्यान गएको छ। शनिवार बिहान एलाजिग प्रान्तको सिभ्रिकमा केन्द्रविन्दु भएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी १८ जनाको ज्यान गएको हो।
भत्किएका भवनबाट १८ जनाको शव निकालिएको छ भने अझै ३० जना मानिस हराइरहेका छन्।भूकम्पपछि घर छाडेर निस्किएकाहरुलाई चिसोबाट बचाउन सडकहरुमा आगोको व्यवस्था गरिएको छ।