बेलायतकी महारानी एलिजाबेथले राजकुमार ह्यारी र मेगन मर्केलको निर्णयलाई समर्थन गरेकी छिन्। उनीहरु दुवै जना पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको एलिजावेथले बताएकी छन्।
भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ह्यारी र मेगनलाई केही समय दिनेबारे महारानी सहमत भएकी छन्।
यद्यपि ह्यारी र मर्केलको भावी भूमिकाबारे राजपरिवारका वरिष्ठ सदस्यहरू वार्तारत छन्। केही दिनअघि यी दम्पतीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय बेलायत तथा क्यानडमा बिताउने घोषणा गरेका थिए। यो घोषणाले राजदरबारले दुःख व्यक्त गरेको थियो।
एउटा वक्तक्यमार्फत् महारानीले जनाए अनुसार प्रिन्स अफ वेल्स र ड्यूक अफ क्याम्ब्रिजसमेत सहभागी वार्ता निकै रचनात्मक रहेको बीबीसीले जनाएको छ।
उनले भनेकी छन्, ‘मेरो परिवार र म कान्छो परिवारका रूपमा एउटा नयाँ जीवन शुरूवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौँ।’
महारानीले जटिल विषयहरूलाई आफ्नो परिवारले सल्टाउनुपर्ने र अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिन भनेको बताएकी छन्।
तर उनले ह्यारी र मेगन थप आत्मनिर्भर दम्पती हुने भए पनि उनीहरूले राजपरिवारका सदस्यका रूपमा महत्त्व पाइरहने बताएकी छन्।
भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन्। राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोषबाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन्।