इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित १ सय ७० जनाको मृत्यु भएको छ। विमानमा सवार सबैको मृत्यु भएकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएकाे छ। इरानका संचारमाध्यमले विमानमा १८० जना सवार रहेको बताए पनि उक्त संख्या १७० रहेको पुष्टि भएको छ।
तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको थियाे।
प्रविधिक समस्याका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ। युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो।
विमान दुर्घटनाको अनुसन्धान गर्न इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेको र उद्दारको काम पनि जारी रहेको तेहरानका नागरिक उड्डयन प्रवक्ता रेजा जाफरजदेसले बताएका छन्।
याे पनि