पृथ्वीको सबैभन्दा गहिरो स्थान पत्ता लागेको छ । पूर्वी अन्टार्टिकाको डेनम्यान हिमनदीको हिउँले भरिएको स्थान सबैभन्दा गहिरो स्थान भएको पत्ता लागेको हो।
हिउँले भरिएको उक्त उपत्यका समुद्र सतहभन्दा ३.५ किलोमिटर गहिरो छ। समुद्रमुनि रहेका स्थानमात्रै त्योभन्दा गहिरा छन्। उक्त तथ्य अन्टार्टिकाको नयाँ नक्सामा देखाइएको छ, जहाँ बाक्लो हिउँमुनि रहेको महादेशको आकारप्रकार देखाइएको छ।
हिउँ या पानीले नपुरिएको पृथ्वीको सबैभन्दा गहिरो जमिनको भाग भने डेड सीको किनार हो, जुन समुद्री सतहभन्दा ४१३ मिटर गहिरो छ।