अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अघोषित रुपमा अफगानिस्तान गएका छन् । राष्ट्रपति ट्रम्प 'थ्यांक्स गिभिङ'को अवसर पारेर पूर्वघोषणा बिनै अफगानिस्तानमा रहेको अमेरिकी सैनिकको बेस क्याम्पमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनले बाग्राम हवाई बेसक्याम्पमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै अमेरिका र तालिबानबीच वार्ता भइरहेको बताएका थिए । आकस्मिक भ्रमण भए पनि ट्रम्पले अफगान राष्ट्रपति असरफ घानीसँग भेटवार्ता गर्न भने छुटाएनन् । घानी र ट्रम्पबीच आपसी हितका विषयसँगै अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या घटाउने विषयमा छलफल भएको समाचारमा छ ।
अफगानिस्तानमा अहिले करिब १३ हजार अमेरिकी सैनिक छन् । अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ मा भएको तालिबान आक्रमणपछि अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो । -एजेन्सीहरुको सहयोगमा