पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लण्डन प्रस्थान गरेका छन्। उनी पैसा अपचलनसम्बन्धी मुद्दामा जेलमा सजाय भोगिरहेका थिए। सरिफलाई २५ अक्टोबरका दिन लाहौर उच्च न्यायलयले उपचारका लागि विदेश जान अनुमति दिएको थियो।
कतारी राजपरिवारको भीआइपी एयर एम्बुलेन्स सरिफलाई लिन मंगलबार बिहान लाहोर पुगेको थियो । उनलाई लिएर बिहान १० बजे जहाजले बेलायतका लागि उडान भरेको थियो। उनका साथ भाइ सहबाज, निजी डाक्टर र दुई सहयोगी गएका छन्।
नेसनल अकाउन्टेबिलिटी ब्यूरो (न्याब) को २ वटा मुद्दामा सजाय सुनाइएपछि सरिफ जेल सजाय काटिरहेका थिए। त्यसपछि न्याबले उनीविरुद्ध तेस्रो मुद्दा दर्ता गरेको थियो। जसका कारण उनलाई जेलबाट लाहौरस्थित न्याबमा बोलाइएको थियो।
उनको लाहोरस्थित सरकारी अस्पतालमा ६ सातासम्म उपचार गराइएको थियो। उनको प्लेटलेट्स कम भएको थियो। चिकित्सकले उनलाई अटो इम्युन डिजिज भएको बताएका थिए।
यसका साथै सरिफलाई मुटु, सुगर र मिर्गौलासम्बन्धी समस्या पनि रहेको बताइएको छ।