अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको संकट थप चुलीदैं गएको छ।
युक्रेनका लागि उच्च अमेरिकी अधिकारी रहेका लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिन्ड्म्यानले ट्रम्प विरुद्ध संसदीय समितिमा बयान दिएका छन्।संसदीय समितिको उनले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग अनुचित राजनीतिक माग गरेको बताएका छन्।
लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गरेको टेलिफोन संवाद सुनेका थिए। राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संसदीय समितिमा बयान दिएका लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानको तीव्र आलोचना गरेको छ।
ह्वाइट हाउसको आधिकारिक ट्वीटर ह्याण्डलबाट उनको तीव्र आलोचना गर्दै अमेरिकाप्रति उनको निष्ठामा शंका व्यक्त गरिएको छ।