अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका नेताहरुलाई सचेत गराएका छन्। चुनावका लागि आर्थक सहयोग जुटाउन आयोजित कार्यक्रममा उनले वास्तविकताबाट पर रहेका नीतिहरु चुनावी अभियानमा मात्रै आएको भन्दै असन्तुष्टि जनाएका हुन।
उम्मेदवारहरु वामपन्थतर्फ ढल्किए त्यसले डेमोक्रेट मतदातालाई नै विभाजित गर्ने उनको भनाइ थियो। मतदाताले व्यवस्था विभाजित भएको हेर्न नचाहने ओबामाको भनाई छ।
आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न अठार नेता प्रतिस्पर्धामा छन्। यिनीहरु मध्ये एकले आगामी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छन। तर ओबामाले ती मध्ये कसलाई समर्थन गर्ने अहिलेसम्म खुलाएका छैनन्।