बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त भएको रेलमा फसेका यात्रुलाई उद्धार गरेका छन् । चटगाउँका लागि छुटेको रेल र राजधानी ढाकाका लागि छुटेको रेलसँग स्थानीय समय अनुसार मंगलबार बिहान ३ बजे ठोक्किएको हो ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।