युक्रेनका लागि अमेरिकी राजदूत रहिसकेकी मरी योवानोविचले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट भयभित भएको बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रियाको अनुसन्धानको केन्द्रमा रहेकी तथा प्रमुख प्रमाणको रुपमा बयान दिन सक्ने ठानिएकी कूटनीतिज्ञ हुन्। ट्रम्पले आफ्ना बारेमा गरेको अस्पष्ट टिप्पणीबाट आफूले भय महसुस गरेको उनले बताएकी छन्।
योवानोविचले संसदीय समितिसँग आफूले असुरक्षित महसुस गरेको बताएकी हुन्। उनलाई अमेरिकी प्रशासनले युक्रेनबाट फिर्ता बोलाएको थियो।
ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए।