लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
दुई सातायता सरकार विरोधी प्रदर्शन भइरहेपछि प्रधानमन्त्री हरिरीले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
आर्थिक अस्तव्यवस्ता, भ्रष्टाचार र गरिबीविरुद्ध भन्दै २ सातायता लेबनानमा सरकारविरोधी प्रदर्शन भइरहेको थियो ।