भारत प्रशासित कश्मीरमा पाँचजना मारिएका छन्। कुलगाम जिल्लाको कातरसू गाउँमा मंगलबार चरमपन्थीले स्थानीय पाँचजना मारिएको कश्मीर प्रहरीले ट्वीट गरेर जानकारी दिएको छ। मंगलबार राति ९ बजेतिर गाउँलेको हत्या भएको जनाइएको छ। प्रहरीले अहिले घटनास्थलमा रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
जम्मू–कश्मीरको अवस्थाबारे जानकारी लिन युरोपियन सांसदहरुको समूह स्थलगत निरीक्षणका लागि रहेका बेला यो घटना भएको हो।
मारिएका सबै स्थानीय मजदूर रहेको र उनीहरुलाई चरमपन्थीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ। भारत सरकारले जम्मु कश्मिरलाई विदेश दर्जा दिने संविधानका अनुच्छेद ३७० अगस्ट ५ मा खारेज गरेपछि कस्मिरमा लामो समयदेखि कफ्र्यु लाग्दै आएको छ।