इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नयाँ सरकार गठन गर्न असफल भएका छन्।
उनले आफूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन्। सेप्टेम्बरमा भएको निर्वाचनमा बहुमत ल्याउन असफल भएपछि उनले गठवन्धन सरकार गठनको प्रयास गरेका थिए।
अव नयाँ सरकार गठनको प्रयास बेनी ग्यान्ट्स नेतृत्वको ब्लु एण्ड ह्वाइट पार्टीले गर्नेछ। उनी नेतान्याहुका राजनीतिक प्रतिद्वन्द्वी मानिन्छन। सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो। त्यस लगत्तै राष्ट्रपति रुबिन रिभलिनले पदमा रहेका हिसाबले सरकार गठनका लागि पहिला नेतान्याहुलाई मौका दिएका थिए।
नयाँ सरकार गठनका लागि राष्ट्रपति रिभलिनले अब सरकार गठन गर्ने प्रयासका लागि ग्यान्ट्सलाई २८ दिनको समय दिनेछन। इजरायल अरब सांसदहरूले मध्ये दक्षिणपन्थी गठबन्धन नेतृत्व गरेका ग्यान्ट्सलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
बहुमतका लागि आवश्यक ६१ सिटका लागि भने अझै एक दर्जनभन्दा बढी सिट भने अभाव नै हुने देखिएको छ। ग्यान्ट्स पनि सरकार बनाउन विफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन तेस्रा उम्मेद्वारलाई आह्वान गर्नेछन। यो वर्ष इजरायलमा दुईपटक चुनाव भइसकेको छ।