जापानी सम्राट नारूहितोको राज्याभिषेक आज विशेष कार्यक्रमकाबीच राजधानी टोकियोमा हुँदैछ। राज्याभिषेक समारोह अपरान्ह इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुने कार्यक्रम छ।
राज्याभिषेक कार्यक्रममा नेपाल कि राष्ट्रपति विद्यादेवी भण्डारी सहित १ सय ७० देशका प्रतिष्ठित ब्यक्तिहरु सहभागि हुनेछन्। दुई हजारभन्दा बढी पाहुना आमन्त्रित कार्यक्रममा नारूहितोको औपचारिक राज्याभिषेक हुनेछ। नारूहितो कि पत्नी मसाको ओवाडा भने समारोहमा सहभागी हुने छैनिन।
राजपरिवारका महिलाले राज्याभिषेक हेर्न नपाउने कानुन जापानमा छ। नारूहितोको पहिलो चरणको राज्याभिषेक मे महिनामै भइसकेको छ। धेरै चरणमा हुने राज्याभिषेक प्रक्रिया आगामी नोभेम्बर महिनासम्म चल्नेछ। जापानका राजा अकिहितोले गत अप्रिलदेखि गद्दी त्याग गरेपछि उनका छोरा नारूहितोले यो जिम्मेवारी पाएका हुन।
जापानको दुई सय वर्ष इतिहासमा जिउदै आफ्नो गद्दी छाडने अकिहितो पहिलो राजा हुन। ८६ वर्षीय अकिहितो आफू रोगी र बूढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भन्दै जिम्मेवारीबाट मुक्त भएका हुन्।