भारत प्रशासित जम्मु र काश्मीरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाको गोली लागी २ भारतीय सेना र एक नागरिकको मृत्यु भएको छ।
त्यस क्षेत्रमा पाकिस्तानले आइतबार गोलीबारी गर्दा ३ सेनासहित ८ जना घाइते भएको भारतीय प्रहरीको दाबी रहेको इन्डिया टुडेले समाचारमा जनाएको छ । इन्ढिया टुडेको समाचारअनुसार आक्रमणबाट ६ घर ध्वस्त भएको छ ।