चिनियाँ राष्ट्रपति सी जिनपिङ यतिखेर भारतको चेन्नई पुगेका छन्।
राष्ट्रपति सी को सुरक्षाका लागि तमिलानाडु राज्य भर सुरक्षा व्यवस्था कडा पारिएको छ। कडा सुरक्षाकाबीच पनि त्यहा केही तिब्बती अभियन्ताहरूले प्रदर्शन गरेका छन् ।आइसिटी ग्रान्डबाहिर सीको भ्रमण विरुद्ध प्रदर्शन गर्ने केहीलार्इ भारतीय प्रहरीले पक्राउ गरेको द हिन्दुले खबर लेखेकाे छ।