टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ।
बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी गर्यो। कुर्दहरूका अनुसार ९ गैरसैनिक मारिएका छन्। टर्कीतर्फको नगरमा कुर्दहरूले हमला गरेका छन्।
एक शिशुसहित कम्तीमा ३ जनाको ज्यान गएको छ।
टर्कीस आक्रमणको मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल–ऐन रहेका छन्। टर्की सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्।
युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्। विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्ने विभिन्न संस्थाले चेतावनी दिएका छन्।
अन्तर्रा्ष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्।