भारतबाट सोमबार प्रकाशित भएका अधिकांश पत्रिकामा राजस्थानको अलवर जिल्लामा एक मुस्लिम दम्पतीलाई जबरजस्ती राम-राम उच्चारण गर्न पठाएको समाचार प्राथमिकतासाथ प्रकाशन भएको बीबीसीले उल्लेख गरेको छ ।
टाइम्स अफ इन्डियाको समाचार उद्धृत गर्दै बीबीसीले लेखेको छ- राजस्थानको अलवरमा केही व्यक्तिले मुस्लिम एक व्यक्तिमाथि राम-राम भन्न नमानेकै कारण कुटपिट गरिएको छ ।
मदिराको नसामा झुम परेका दुई युवाले यो मुस्लिम दम्पतीमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिटसमेत गरेका थिए । केही समयपछि ती मुस्लिम दम्पतीलाई स्थानीय व्यक्तिहरुले उद्धार गरेका थिए । दम्पतीमाथि दुर्व्यवहारमा संलग्न ती दुवै युवालाई स्थानीय बासिन्दाहरुले नजिकैको प्रहरी चौकीमा बुझाएको बीबीसीले समाचार छापेको छ ।