इराकको राजधानी बग्दादमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ। प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ। प्रदर्शन चर्किएपछि सरकारले बग्दादमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको खबर अल जजिराले उल्लेख गरेकाे छ।
बग्दादको सुरक्षित स्थल मानिएको ग्रिन जोनमा गएराति विस्फोट समेत गराइएको छ। ग्रिज जोनमा मन्त्रालय र दूतावासहरु रहेका छन्। प्रदर्शनका कारा सरकारी कार्यालयहरु बन्द छन् भने इन्टरनेट सेवा पनि बन्द गराइएको छ।
इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले सत्ता सम्हाले यता इराकमा नियमित जस्तो प्रदर्शन हुँदै आएको छ। मुलुकमा बेरोजगारी र भ्रष्टाचार बढेपनि सरकारले केही गर्न नसकेको आरोप लगाउदै आएका छन्।