दुबईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेकाे नेपाली दूतावासले जनाएको छ।यद्पी उनीहरुको नेपालस्थित ठेगाना भने खुल्न सकेकाे छैन ।
सुरक्षा गार्डमा कार्यरत उनीहरू सवार मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा भारतीय र पाकिस्तानी नागरिकको पनि मृत्यु भएकाेछ ।स्थानीय समयअनुसार विहान ४ बजेर तिर साे घटना भएकाे हाे ।