भारतको जोधपुरमा बस र जीप ठक्कर खाँदा १३ जनाको मृत्यु भएको छ। जैसलमेर–जोधपुर सडकमा शुक्रबार दिउँसो उक्त दुर्घटना भएको हो। दुर्घटनामा १० जना गम्भीर घाइते भएको जनाइएको छ। घटनास्थलमा तत्कालै पुगेको प्रहरीले घाइतेको उद्दार गरेर स्थानीय बालेसर अस्पताल पुर्याएको थियो। ८ जनाको घटनास्थलमै र ५ जनाको उपचार हुँदैगर्दा अस्पतालमा मृत्यु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार जोधपुरबाट जैसलमेरतर्फ गइरहेको मिनी बस विपरित दिशाबाट आइरहेको जीपसँग ठक्कर खाएको थियो। दुवै तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ।