लद्दाखस्थित भारत–चीन सीमामा दुवै देशका सेनाबीच हात हालाहाल भएको छ। भारतको टाइम्स अफ इण्डियाका अनुसार बुधबार प्याङगोङ तालको उत्तरी किनामार भएको उक्त घटनामा दुवै देशका सैनिकबीच लामो समयसम्म धक्का–मुक्की भएका थियो ।
१३४ किलोमिटर लामो उक्त तालको दुई तिहाइ भाग चीनको नियन्त्रणमा छ। गस्तीमा रहेका भारतीय सैनिकसँग जम्काभेट भएपछि चिनिया सैनिकले उक्त क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको विरोध जनाएका थिए। त्यसक्रममा दुवै पक्षबीच हात हालाहाला भएपछि दुवै देशले उक्तक्षेत्रमा सुरक्षाकर्मीको सख्या बढाएका थिए ।
तनावपछि भारत र चीनबीच ब्रिगेडियरस्तरमा द्विपक्षीय वार्ता भएको थियो। त्यसक्रममा चिनिया सैनिक पछि हट्न तयार भएपछि तनाव साम्य भएको जनाइएको छ।