अमेरिकको वल्ड ट्रेड सेन्टर (डब्ल्यूटीसी)मा आक्रमण भएको १८ वर्ष पुरा भएको छ। सन २०११ को सेप्टेम्बर ११ तारिखमा ओसामाबिन लादेनको समूहले आक्रमण गरेको थियो।
१८ वर्ष पुगेकै दिन आज अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी दूतावास नजिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन्।
प्रत्यक्षदर्शीका अनुसार विस्फोटका क्रममा घटनास्थलमा धुँवाको मुस्लो देखिएको थियो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार घटनामा रकेट ब्लास्ट गरिएको थियो। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्तिवार्ता रद्द गर्ने घोषणा गरेको विरोध स्वरुप भएको हुनसक्ने आंकलन पनि गरिएको छ।
८ सेप्टेम्बरमा हुने भनिएको वार्ता ट्रम्पले रद्द गरेका थिए। ट्रम्पले अफगानिस्तानमा भएको कारबम विस्फोटमा अमेरिकी सैनिकसहित ११ जना अरु सर्वसाधारणको ज्यान गएपछि वार्ता रद्द गरेका हुन्। अमेरिकामा २०११ मा भएको आक्रमणमा २ हजार ९ सय ८३ जनाको ज्यान गएको थियो।