व्रिटिश एयरवेजका पाइलटहरुको हड्तालका कारण १५ सय बढी उडान रद्द भएका छन्। सोमबार र मंगलबार तलब बिवादका कारण पाइलटहरु हड्तालमा उत्रिएका छन्।
न्यूयोर्क, हंङकङ, जोहानेसबर्ग, नयाँ दिल्ली लगाएतका ठाउँका उडानहरु रद्द भएका छन्। एयरलाइन्सको १ सय वर्षको इतिहासमा सबैभन्दा ठूलो हड्तालको रुपमा लिइएको छ।
द टेलीग्राफका अनुसार हड्तालले २ लाख ८० हजार बढी मानिसहरु प्रभावित भएका छन्। बेलायत सरकारलाई ८० मिलियन पाउण्ड नोक्सान भएको छ। तलब भत्ता कटौतीको विरोधमा बेलायतका पाइलटहरुले २३ अगस्टमै आन्दोलन गर्ने घोषणा गरेका थिए।
ब्रिटिश एयरलाइन पाइलट एशोसिएशन (बीएएलपीए)ले तलब भत्ता बढाउने निर्णय नभए सेप्टेम्बर ९ र १० तथा २७ तारिखमा हड्ताल गर्ने घोषणा गरेका थिए।