अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र तालिवानसँग गर्ने भनिएको शान्ति वार्ता रद्द गरेका छन्।
आज विहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् तालिवानका प्रमुख नेता र अफगानिस्तानका राष्ट्रपतिसँग क्याम्प डेविडमा गर्ने भनिएको अलग अलग वार्तालाई रद्द गरेका हुन्। वार्ताका लागि अफगानिस्तानबाट नेताहरु आज अमेरिका जाने तय भएको थियो । अफगानिस्तानमा भएको आत्मघाति हमलाबाट अमेरिकी सैनिकका साथ ११ जना अन्य नागरिकको मृत्यु भएपछि आफू वार्ता गर्न असमर्थ रहेको ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पले शान्ति वार्ताका लागि तालिवानले युद्धविराम गर्नु पर्नेमा जोड दिँदै काबुल हमलाका कारण आफूहरु अहिले नै तालिवानलाई विश्वास गर्ने अवस्थामा नरहेको पनि उल्लेख गरे । उनले चेतावनी शैलीमा भने ‘अझै तालिवान कति दशकसम्म लड्न चाहन्छ?’