बेलायती राजदरबारले बेलायती राजगद्दीकी चौथो उत्तराधिकारी एवं राजकुमार विलियमकी छोरी राजकुमारी चार्लोटको स्कुलको पहिलो दिनको तस्बिर सार्वजनिक गरेको छ। राजकुमार विलियम र राजकुमारी केटले ती तस्बिर सार्वजनिक गरेका हुन्।
तस्बिरमा राजकुमारी केटले चार्लोटलाई राजकुमार विलियमले जर्जलाई हातमा समातेर स्कुल जाँदै गरेका देखिन्छन्। उक्त तस्बिर ४ वर्षीया राजकुमारी चार्लोट दक्षिण लण्डनस्थित थोमस बाटरसी स्कुल जाँदै गरेको बेला हो।
उनलाई स्कुलकी प्राथमिक तहकी प्रमुख हेलेन हासलिमले स्वागत गरेकी थिइन्। चार्लोटका दाजु राजकुमार जर्ज भने गत वर्ष नै उक्त स्कुल भर्ना भएका थिए । चार्लोटलाई स्कुलमा चार्लोट क्याम्ब्रिज नामले बोलाइने जनाइएको छ। उनले २०१८ को जनवरीयता केन्सिङटन दरबारस्थित विलकक्स नर्सरीमै पढेकी थिइन्।
चार्लोटले स्कुलमा एकवर्षको ६ हजार ३ सय ५ पाउन्ड फि बुझाउनेछिन्। उनका दाजु राजकुमार जर्जले भने उनको भन्दा २ प्रतिशत बढी ६हजार ४ सय २९ पाउन्ड बुझाएका थिए। उनले स्कुलमा कला, ब्याले, नाच, सूचना प्रविधि, सगीत र शारीरिक शिक्षा पढ्नेछिन्। सन् १७०० मा स्थापना भएको भनिएको उक्तस्कुलमा ५६० बालबालिका पढ्ने स्कुलले जनाएको छ।