बेलायतका सांसदहरुले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्ने विधेयक अगाडि बढाउने पक्षमा मतदान गरेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झड्का दिने गरी प्रस्ताव संसदमा अघि बढेको हो।
सो प्रस्तावको पक्षमा विपक्षी तथा सत्तारुढ कन्जरभेटिभ पार्टीकै बागी सांसदहरुले नै मतदान गरेका छन्। संसदमा भएको मतदानमा संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने विधेयक अघि बढाउने पक्षमा ३२८ मत परेको हो ।
सरकारको पक्षमा भने ३०१ मत परेको छ । प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन् । उनले अक्टोबर १५ मा आमचुनाव गराउने तयारी गरेका छन्। प्रधानमन्त्री जोनसनले संसदमाबहुमत पनि गुमाएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्रेट्समा गएपछि उनले बहुमत गुमाएका हुन । योसँगै ६५० सदस्यीय बेलायती संसदमा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्रेटिक युनियन पार्टीका १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ । विपक्षी दलसँग ३२० सदस्य छन् ।