इरानी तेल ट्यांकर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ। इरानविरूद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु नहुने भन्दै जिब्राल्टारले अमेरिकी आग्रह अस्वीकार गरेको हो।
अमेरिकाले जहाजको सम्बन्ध आतंककारी घोषित गरिएको इरानको ईस्लामिक रेभोलुस्नरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो। रेभोलुस्नरी गार्डलाई इयुले भने आतङ्कवादी संगठन मानेको छैन। सिरियाका लागि तेल ओसारिरहेको आशंकामा जुलाई महिनामा सो तेल ट्यांकर पक्राउ परेको थियो।
बेलायत स्वशासित क्षेत्र जिब्राल्टारको सरकारले ईयूका प्रतिबन्ध तोडेको आरोपमा सो जहाज पक्राउ गरेको थियो। सो घटनापछि बेलायल र इरानविच पनि विवाद बढेको थियो। इरानको आणविक कार्यक्रमका बिषयमा इरान र पश्चिमी मुलुकहरुबीच केही समयदेखि तनावको स्थिती रहेको छ।