अफगानिस्तानमा एक विवाह समारोहमा आत्मघाती आक्रमण हुँदा ६१ जनाको मृत्यु भएको छ । १७१ जना घाइते भएका छन् । हजारा समूदायको विवाह समारोहमा बम हमला भएको थियो ।
अफगान पत्रकार बिलाल सरबरीका अनुसार दारुलमान इलाकामा उक्त घटना भएको हो । त्यहाँ अल्पसंख्यक शिया हजारा समूदायको बसोबास छ।
निबार राति पौने १२ बजेतिर विवाह समारोह चलिरहेका बेला ठूलो विस्फोट भएको थियो। घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।
अफगानिस्तानमा २८ सेप्टेम्बरमा निर्वाचन हुँदैछ। निर्वाचन नजिक आउँदै गर्दा त्यहाँ पछिल्ला दिनमा हिंसात्मक गतिविधिहरु बढेका छन् ।