भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दैछ।
संयुक्त राष्ट्रसंघको एक कुटनीतिज्ञले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार वर्तमान सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजे यस मुद्धामा छलफल गर्ने जनाइएकाे छ।
भारत पाकिस्तानको विवादित सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल) मा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ। पाकिस्तानका अनुसार नियन्त्रण रेखामा भारत पाकिस्तानबीच गोली हानाहान हुँदा तीन जना पाकिस्तानी सैनिक मारिएका छन्। पाकिस्तानले पाँच भारतीय सैनिक मारिएको दाबी पनि गरेको छ तर भारतले भारतीय सैनिक नमारिएकाे जनएकाे छ।
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयपछि भारत र पाकिस्तानबीच पछिल्लाे समय तनाव बढिरहेको छ।